• २०८१ मङ्सिर २३ गते आइतवार

अभिनेत्री शिल्पा ‘भाग्य र मबीच गजबको प्रतिस्पर्धा चल्दैछ’

पढ्न लाग्ने समय : २ मिनेट

पौष,३ काठमाडौँ । अभिनेत्री शिल्पा पोखरेलले अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन्, त्यो उनीभन्दा बाहेक अरुले महशुस गर्न पनि गाह्रो छ ।मंगलबार साँझ इन्स्टाग्राम स्टोरीमा आफ्नो एक तस्विर राख्दै लेखेकी छन्, ‘गजबको प्रतिस्पर्धा चल्दैछ भाग्य र मबीच ।

उ जित्न दिँदैन म र्न जान्दिनँ ।’ उनले लेखेको शब्दमा पीडा र आँटको रंग मिसिएको छ । यसले उनको अहिलेको अवस्था वर्णन गर्छ । २०७३ साल असार २९ गते निर्माता छविराज ओझासँग विवाह गरेकी उनले यस वर्षको असारमा श्रीमानविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएकी थिइन । प्रहरीले दुईलाई कहिल्यै झगडा नगर्ने कागजी सम्झौता गराएर पठायो ।

शिल्पाले श्रीमान् ओझासँग नबस्ने निर्णय लिँदै आधा अंश मागसहित अदालतमा सम्बन्ध विक्षेदका लागि मुद्धा दर्ता गरिन् । दुईको विवादले दिन-प्रतिदिन उग्र रुप लिँदै गर्दा कथामा नयाँ ट्विस्ट तब आयो जब छविकी जेठी श्रीमती हेमा ओझाले दुबैविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दिइन् । उनको उजुरीको आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति माग्यो ।

जिल्ला अदालतको आदेशविरुद्ध शिल्पा उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिन् । तर, आफ्नो विपक्षमा फैसला भएपछि उनी जिल्ला अदालतमा हाजिर भएकी थिइन् । जिल्ला अदालत काठमाडौंले उनलाई साधारण तारेखमा छाडेको छ । उनका श्रीमान छवि पनि हालै साधारण तारेखमा छुटेका छन् । तर, शिल्पाले बहुविवाहको मुद्धामा अझै ‘क्लिन चिट’ पाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस