• २०८० फाल्गुन १० गते बिहिवार

सरकारलाई देउवाको आग्रह : विवादास्पद विधेयक नल्याउनुस्

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ३ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानीक परिषद् बारे विवादस्पद विधेयक नल्याउन प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहीबार विहान बालुवाटार प्रधानमन्त्री ओलीसँगको भेटमा सभापति देउवाले केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।

प्रतिक्रिया दिनुहोस