• २०८१ मङ्सिर २३ गते आइतवार

सानिमा बैंकले कर्जा दिने घर बनाउन

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ३ काठमाडौँ । सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ । यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम १००% सम्म बैंकले कर्जा उपलब्ध गराउने छ ।

‘सानिमा प्रथम घर कर्जा’  योजना अन्तर्गत  ऋणीका लागि अधिकतम लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्ने छ । साथै ऋणीलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्र्तगत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको सुरुवाती समयको लागि यथावत् राखिने छ ।

‘सानिमा प्रथम घर कर्जा’ देशभर रहेका सबै सानिमा बैंकका शाखाहरुबाट उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ७९ वटा शाखाहरु, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहका छन् ।

प्रतिक्रिया दिनुहोस