पौष, ३ एजेन्सी। अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् ।
अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो ।
मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सियसभन्दा बढी भएको बताएका छन् । तर मौसमविद्ले यो रेकर्ड पनि बिहिबार र अर्को हप्ताको अन्तिमसम्म तोडिने अनुमान गरेका छन् ।
बिहिबार न्यू साउथ वेल्स राज्यका प्रमुख ग्ल्याडिस बेरेजिक्लियानले मौसमविदको चेतावनीपछि सात दिनका लागि संकटकालको घोषणा गरेकी छिन् ।