मंसिर ३, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विकास त गर्न जान्दैन–जान्दैन, ढाट्न समेत नजान्ने रहेको उल्लेख गर्नुभएको छ ।
भक्तपुर क्षेत्र नं। १ ९क०को प्रदेश सभामा आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार बन्नुभएका डिपी ढकाललाई विजयी गराउने भएको चुनावी प्रचार प्रसारका क्रममा चाँगुनारायण नगरपालिका वडा नं। ५ छालिङ्गमा निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रममो बोल्दै सांसद बस्नेतले झुटको खेती नगरी जनताको आखाँमा करिङ्गर हाल्ने प्रयास नगर्न कांग्रेसलाई चुनौति दिनुभएको छ । उहाँले भक्तपुरमा आफ्नो नेतृत्व तथा नेकपाको नेतृत्वले गरेका विकासलाई कांग्रेसले हामीले गरेको भन्दै जनताको माझ छुटको खेती गरिरहेको उल्लेख गर्दै विकास निर्माणका आयोजनाको बारेमा समेत कांग्रेसलाई वास्तविक जानकारी नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुडालमा आएर कांग्रेसका नेताले सुडालको ३५ करोडको सडक हामीले पो ल्याएको । नेकपाले झुट बोल्यो, महेश बस्नेतले झुट वोल्यो भन्नुभएछ । जनताले कहाँबाट ल्याउनुभयो रु भनि प्रश्न गर्दा हाम्रो रमेश लेखक भौतिक योजनामन्त्री हुँदा ल्याएको भनि उत्तर दिनुभएछ । विचरा कांग्रेस १ सूचनाको कति धेरै अभाव छ कांग्रेसमा रु उक्त सडकको लागि प्राप्त बजेट भौतिक योजना मन्त्रालयबाट नभई संघिय सरकार स्थानीय विकास मन्त्रालयबाट आएको डोलिडारको रकम हो ।’
त्यस्तै कांग्रेसले हनुमन्ती कोरिडोर समेत प्रकाशमान सिंह उपप्रधानमन्त्री भएको समयमा शुरु भएको भनि भ्रमको खेती गरिरहेको उल्लख गर्दै उहाँले भन्नुभयो, ‘प्रकाशन सिंघ उपप्रधानमन्त्री तथा म उद्योगमन्त्री भएको समयमा प्रस्ताव गरिएको हो । जसमा सिंको हनुमन्ते नदीको कोरिडोर निर्माणको लागि सहयोग र सद्भाव रहेको तर उहाँले कुनै पनि पहल छैन । संघिय स्थानीय विकास मन्त्रालयबाट नभई शहरी विकास मन्त्रालयबाट प्राप्त बजेट हो र उच्च स्तरिय बागमती सभ्यताबाट परेको बजेट हो । त्यसैले जनतामा कांग्रेसले भ्रमको खेती नगरोस् । आयोजनाको वारेमा कांग्रेस वास्तविक सूचनाको जानकार होस् ।’
जनताको विकास प्रतिको चाहना पुरा गर्न भक्तपुरको एउटैमात्र विकल्प महेश बस्नेत र डिपी ढकाल रहेको उल्लेख गर्दै उहाँले भक्तपुरमा नेकपाको नेतृत्वले विकासको लहर र भक्तपुरको मुहार फेर्ने उद्घोष समेत गर्नुभयो ।