• २०८२ जेष्ठ ७ गते मङ्गलवार

बेपत्ता पत्रकार खड्काको १४ महिना पछि भेटियो सामान

पढ्न लाग्ने समय : २ मिनेट
  • बाजुरा समाचारदाता

मंसिर ३ बाजुरा । बाजुराको बुढीनन्दा दर्शनका लागि गएर बेपत्ता अवस्थामा रहेका पत्रकार तेजु खड्काको पर्स, झोला लगायतका सामान भेटाएको स्थानियले बताएका छन । अघिल्लो बर्ष भाद्र ९ गते देखि बेपत्ता भएका पत्रकार खड्काको १४ महिना पछि पर्स, झोला लगायत सामान भेटिए पछि स्थानियले इलाका प्रहरी कार्यालय कोल्टीलाई खवर गरेका हुन ।

झोला भएको ठाउँमा केहि कंकाल पनि भएकाले मृत्यु भएको आशंका गरिएको पत्रकार खड्को सो सामान लौरी विनायक भन्ने स्थानमा भेटाएको स्थानिय पदम रोकायाले बताउनुभएको छ । स्थानियले पर्समा तेजु खड्काको आडीकार्ड, लाइसेन्स भेटाए पछि प्रहरीलाई खवर गरेका हुन । इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले समबार प्रहरी हवल्दार माहानन्द जोसीको कमाण्डरमा पाँच जना को टोलिलाई घटनास्थल तर्फ पठायी सकेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

घटनाको सत्य तथ्य बुझ्न र अवशेषको पहिचान गर्नका लागि पत्रकार र केहि स्थानिय सहितको प्रहरी टोली त्यस तर्फ गएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक रुद्रसिह धामीले बताउनुभयो । प्रहरी टोलीले घटना स्थलमा भेटिएको प्रमाणहरुको मुचुल्का गर्ने र अवस्थाको अध्यन गर्ने उहाँले जानकारी दिनुभयो ।

यता सामुदायीक रेडियो बुढीनन्दाको आकस्मीक बैठक बसी अवशेष पहिचानका लागि दुई जना पत्रकार जीवन कैला र ललित नाथलाई घटना स्थल तर्फ पठाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला प्रहरी कार्यालय बाजुरालाई खवर गरी अवशेषको पहिचान गर्ने सो कार्यका लागि आवश्यक खर्चको ब्यवस्थापन गर्ने निर्णय गरेको प्रवन्ध निर्देशक अनिल शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस