• २०८२ बैशाख २९ गते सोमवार

नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखा, जुरेस/युरेस कार्यसमितिद्धारा शुभकामना आदान प्रदान सम्पन

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई, सुनवल 

कात्तिक ३, सुनवल । नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाको आयोजनामा शनिबार शुभदिपावली एवं छठ पर्व र बिभिन्न समुदायहरुको चाड पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएको छ ।

जुरेस/युरेसका अध्यक्ष भविश्वर पाण्डेको अध्यक्षता भएको कार्यक्रममा सुनवल नगरपालिका वडा नं ४का वडाअध्यक्ष बिरबहादुर गुरुगंको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटि सुनवल उपशाखाका सभापति गोपाल प्रसाद लामिछाने,सचिव रुद्र कुमारी कंडेल,लेखा सदस्य दिपक खनाल, जुरेस÷युरेस जिल्ला समिति सदस्य तिलक पौडेल,समाजसेबि जित बहादुर पौडेल, गौरी संकर चापागाई, ज्योति माबि अस्नैयाका प्रधानाध्यापक यादव खड्का लगायतको आतिथ्ता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले कार्यक्रममा उपस्थिति न्युन रहेकोमा दुख व्यक्त गर्दै दियो भनेको दियो नै हो चाहे सानो होस् वा ठुलो सवैले उज्यालो नै दिने बताउदै रेडक्रस को कार्यक्रममा बिशुद्ध भावनाले सहभागि भँई सेवा नै धर्म हो भन्ने भावना जागृत गर्नुपर्नेमा जोड दिनुभएको थियो । यसैगरि अध्यक्ष भबिश्वर पाण्डेले रेडक्रस कुनै जात धर्म लिगं सम्प्रदाय प्रति कुनै भेदभाव नगरी नितान्त सेवा मुलक सस्था भएको हुनाले सवैमा सहयोगिको भावनामा मन लगाई सवै पर्व को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संचालन जुरेस/युरेसका सचिव शिव रेग्मिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस