कार्तिक २, काठमाडौं । पछिल्लो समय नेपालमा मल्टीप्लेक्सहरू लगालग खुल्न थालेका छन् । यसैक्रममा राजधानीमा नयाँ मल्टिप्लेक्स हल खुलेको छ ।
गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो ।
३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ ।
नेपालमै पहिलो पटक जिडिसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि छ । हलको ओपनिङमा एन्जिलिना जोलीको ‘मेलफिसेन्ट: मिस्टरेस अफ इभिल’ देखाइएको थियो ।