• २०८१ बैशाख ६ गते बिहिवार

धनुषाको हंसपुर नगरपालिकामा प्रहरीद्वारा ६ राउण्ड हवाई फायर

पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २, धनुषा । प्रहरीले धनुषाको हंसपुर नगरपालिकामा तस्कहरुविरुद्ध गरेको कार्वाहीमा हवाई फायर गरेको छ । शुक्रवार हंसपुर नगरपालिकास्थित निकाल गाउँमा भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको हो ।

भारतबाट ओसारपसार गरि ल्याइएका सामग्री बरामद गर्ने क्रममा तस्करले अवरोध खडा गरे पछि प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।  तस्करले गाउँका महिला र बालबालिकालाई प्रयोग गरेर अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

निकाल गाउँमा तस्करीको सामग्री जम्मा गरेको सूचना प्राप्त भएपछि सो सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो ।

आज करिब साँझ ६ बजे  प्रहरीले हवाइ फायर गरेपछि सर्वसाधारण तितरवितर भएका र तस्करहरुले ल्याएको सामान बरामद भएको एसपी शेखर खनालले जानकारी दिए । बरामद गरिएको सामान करिब २५ लाख रुपैयाँ बराबरको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस