कार्तिक २, सोलुखुम्बु । पासाङ ल्हामू गाउँपालिका-५ कोङ्देमा भिरबाट लडेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।
पोल्याण्डबाट नेपाल भ्रमणमा आएका २६ वर्षीया पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार बाटो हिँड्ने क्रममा भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।