• २०८१ जेष्ठ १० गते बिहिवार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने उपर आरोप-पत्र दायर

पढ्न लाग्ने समय : २ मिनेट

असोज २, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंका नायव सुब्बा पुरूषोत्तम पोखरेल र कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपाने उपर आरोप-पत्र दायर गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौंका नायव सुब्बा पोखरेलले सहजकर्ता (कर सहयोगी) न्यौपानेबाट पुँजी बृद्धि तथा शाखा विस्तारको लागि रू.१,०००।–(एक हजार) घुस रिसवत रकम लिंदै दिंदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरू नायव सुब्बा पोखरेल र कर सहयोगी (सहजकर्ता ) न्यौपानेलाई उक्त घुस रकम सहित नियन्त्रणमा लिइएको थियो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अनुसन्धानको क्रममा निज नायव सुव्वा पुरूषोत्तम पोखरेलले कर सहयोगी /सहजकर्ता काम गर्ने केदार प्रसाद न्यौपानेबाट फर्मको पुँजी बृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत घुस/रिसवत  लिएको र कर सहयोगी/सहजकर्ताले पनि सो फर्मको पुँजी बृद्धि गर्न घुस/रिसवत दिई निजहरूबीच घुस/रिसवतबापत रू.१,०००।–( एक हजार) लेनदेन भएको पुष्टि हुन आएको हुँदा निज पुरूषोत्तम पोखरेलले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन र घुस रिसवतबापत लिएको रू.१,०००।–सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिइएको ।

साथै कर सहयोगी/सहजकर्ता केदार प्रसाद न्यौपानेले राष्ट्रसेवक कर्मचारीलाई घुस/रिसवत दिने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (३)  को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजलाई विगो रू.१,०००।–(एक हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) मा उल्लेख भएको बमोजिम सोही ऐनको  दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो जफत हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस