• २०८१ माघ २६ गते शनिवार

नापी कार्यालय भक्तपुरका सर्भेक्षक सिद्धराज जोशी घुस रकम सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २, भक्तपुर । नापी कार्यालय भक्तपुरका सर्भेक्षक सिद्धराज जोशी घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन । उनले जग्गा हालसाविक गर्न नापी कार्यालय भक्तपुरबाट तोक आदेश भई फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्च भनी सेवाग्राहीसँग घुस लिएका हुन ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला अनुसार विशेष सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सर्भेक्षक सिद्धराज जोशीलाई सेवाग्राहीसँग रु.८,०००। घुस वापतको रकम लिइसकेको अवस्थामा भक्तपुर नगरपालिका वडा नं.९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस