• २०८१ जेष्ठ १३ गते आइतवार

प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्त घुस रकम सहित प्रकाउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्त घुस रकम सहित प्रकाउ परेका छन । उनले सवारी दुर्घटना केशको सहमति बमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस लिएका हुन ।

विशेष उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रहरी नायव निरीक्षक बिपिन चन्द्र पन्तलाई सेवाग्राहीसँग रु.५,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा कागेश्वरी मनहरा नगरपालिका वडा नं. ५ थली स्थित साथीभाइ खाना एण्ड खाजा घरबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस