• २०८२ बैशाख ४ गते बिहिवार

भीरबाट लडेर एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

असोज २, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ केराबारीका ७६ वर्षीय वृद्ध भीम नेम्वाङको भीरबाट लडेर मृत्यु भएको छ।

बुधबार बिहान ११ बजे गाउँ डुल्न जान्छु भनी हिँडेका नेम्वाङ बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा घरनजिकै रहेको छाङ्गे भीरभन्दामुनि दुई मिटर तल झाँडीमा मृत अवस्थामा फेला परेका थिए।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटेर कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको छ।

प्रतिक्रिया दिनुहोस