• २०८१ चैत्र ३ गते सोमवार

बाजुरामा अज्ञात सुमह द्धारा वडा कार्यालयमा आगजनि

पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार, बाजुरा

असोज २, बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ३ मोहतीमा रहेको वडा कार्यालयमा बुधबार राति आगजनि गरिएको हो ।
राति करिव साढे १२ बजे तिर अज्ञात समूहले वडा कार्यालयमा भएको सम्पूर्ण कागजपत्रहरु जलाएको जगन्नाथ गाउँपालिका वडा नं ३ का अध्यक्ष डम्वरबहादुर शाहीले जानकारी दिए ।

स्थानिय धुव्रवहादुर शाहीको घरमा भाडामा रहेको सो वडा कार्यालयका झ्याल ढोका फोडेर कागजपत्रहरु बाहिर निकालेर जलाएको वडाध्यक्ष शाहीले बताए । गाउँमा मेला लागेकाले सवै घरका सदस्यहरु पनि मेला हेर्न गएको मौका छोपी आगजनि गरेको हो । आगजनि गर्ने को हो भन्ने कुरा थाहा पाउन नसकिएको उनले बताएका छन् ।

आगजनि पछि कागजपत्रहरु जलेका छन भने कम्प्युटर लगायतका इलेक्टोनिक सामान समेत नष्ट भएका छन । घटनाको बारेमा अनुसन्धान गर्न अस्थाई प्रहरी पोष्ट जुड्डीबाट घटना स्थल तर्फ प्रहरी पठाईको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताए । सो स्थानमा टेलिफोन सेवा समेत नहुदा सुरक्षा निकाय र अन्य ठाउँमा समयमै खवर गर्न नसकिएको वडाध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस