आश्विन २, काठमाडौं । जुवाताज खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले यही बुधबार काठमाडौं महानरपालिक वडा नं -३१ सचेतना मार्गबाट पक्राउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा रामेछापका देव कुमार बस्नेत सहित १० जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद १ लाख २३ हजार ८ सय ३५ रूपैयाँ, १४ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ