• २०८२ जेष्ठ २ गते बिहिवार

प्रम द्धारा आज संसदमा सम्बोधन

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिनुभयो ।

दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने अधिकारीले जानकारी दिनुभयो ।सिंगापुरमा उपचार गराएर फर्किएपछि बुधबारदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्री ओलीले आफ्नो उपचार तथा सरकारको पछिल्लो समयमा भएका समसामयीक गतिविधिको बारेमा पनि सदनलाई जानकारी गराउने । आज बस्ने प्रतिनिधि सभा बैठकमा शून्य र विशेष समय भने हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस