• २०८१ जेष्ठ १० गते बिहिवार

झापामा जंगली च्याउ खाएर ५ जना गम्भीर बिरामी

पढ्न लाग्ने समय : १ मिनेट

असोज,२ झापा । झापा जिल्लाको कमल गाउँपालिका–५ मा बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएर ५० वर्षीया मीना सार्की, उनका छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार सोही गाउँका ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राई पनि सिकिस्त बिरामी भएका छन् ।बिरामी पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बुधबार राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस