• २०७९ असोज ९ गते आइतवार

लगातारको बर्षाको कारण नेपालगन्ज दुबानमा, घर घरमा पानी

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

असोज २, दाङ । नेपालगन्जमा परेको अविरल बर्षाले उपमहानगरपालिकाका धेरै जसो स्थानहरु डुवानमा परेका छन् ।आज बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो।

पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति भर्खर बाटो र नाला बनेको थियो, तर त्यसले केही काम गरेन,’ उनले भनिन् ‘नालामा माटो र प्लाष्टिक मात्रै भरिएको छ, पानी कहाँबाट बगेर जाओस् ?’नेपालगन्जको सहिद सेतु विक चोक क्षेत्रमा पनि आधा दर्जनबढी पसल डुबेका छन् । सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करिव आधा दर्जनबढी पसल डुबेका हुन्। पसलभित्र पानी पस्दा व्यापारीको बिजोग नै भएको छ।नेपालगन्जमा जति नाला बनेपनि काम भएन, बनेका नाला पनि सफा भएका छैनन्, नालाभरी प्लाष्टिक भरिएको छ। प्लाष्टिकले भरिएका नाला सफा गर्न नेपालगन्ज उपमहानगरपालिकाले पुरै बेवास्ता गरेका कारण समस्या बल्झिएको छ नेपालगन्जका अन्य वडा तथा टोलमा पनि केही घर तथा पसल डुबेका छन्।नेपालगन्जसँगै जोडिएको जानकी र खजुरा गाउँपालिकाका विभिन्न वडा पनि डुबानमा परेका छन्। खजुरा गाउँपालिका वडा नम्बर ७ मा आधा दर्जन बढी घर डुबेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिव सिंहले जानकारी दिनुभएको छ ।

‘खजुरा क्षेत्रमा अहिलेसम्म आधा दर्जनबढी घर डुबेको खबर प्राप्त भएको छ, त्यहाँ उद्धारको लागि ईन्स्पेक्टरको कमाण्डमा ४० जना प्रहरी परिचालित भएका छन्,’ सिंहले भने। अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले सर्तकता अपनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ।राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा राप्ती नदीको सतह सामान्य रहेको छ। त्यस क्षेत्रमा वर्षा नहुँदा राप्ती नदीमा पानीको सतह नबढेको हो ।

फोटोमा हेर्नुहोस नेपालगन्ज

प्रतिक्रिया दिनुहोस