• २०८२ बैशाख ४ गते बिहिवार

हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २, धादिङ । विदुर नगरपालिका- ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा ५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी आइतबार सम्बन्धित धनीलाई बुझाएको छ ।

निलकण्ठ नगरपालिका-१२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीलाई देख्नासाथ अज्ञात चालकले बा ५१ प ४३४६ मोटरसाइकल छोडी फरार भए पश्चात प्रहरीले उक्त मोटरसाइकल बरामद गरेको थियो ।

साथै सवारी धनीको खोजी तथा अनुसन्धानको क्रममा तामाङको घरबाट चोरी भएको बास्तविक बा ५१ प ४३४३ नम्बरको मोटरसाइकललाई बा ५१ प ४३४६ बनाइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस