• २०८१ मङ्सिर २२ गते शनिवार

शिक्षा दिने शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, जुम्ला । श्री चन्द्रसूर्य आधारभूत विद्यालय, सिंजा, जुम्लाका शिक्षक बीरबहादुर बुढा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

निज शिक्षक बीरबहादुर बुढाको आई.एस्सी.को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा निजले Bihar School Examination Board (SS), पटना, भारतबाट प्राप्त Intermediate तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रा.वि. राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति भै सेवामा बहाल रही लाभसमेत लिएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुर भएको हुँदा निज शिक्षक बीरबहादुर बुढा उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको दण्ड सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस