• २०८१ जेष्ठ १० गते बिहिवार

इमान र जमान हराएका न्यायमूर्तीहरु

पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

आजभोली हरेक पत्र पत्रिकाहरुमा पढिन्छ कि केहि मुद्दाहरुमा न्यायलयबाट दिइएको न्याय वास्तविक पीडितले पाउन सकेन र फैसला पीडित भन्दा नि पिडकको पक्षमा भयो भन्ने तर पहिला पहिला भन्ने गरिन्थ्यो कि ”न्याय नपाए गोर्खा जानू, धर्म नपाए काशी जानू” इतिहास साक्षी छ कि ऐतिहासिक कालमा कुनै मानिस अन्यायमा पर्यो भने गाउँका भद्र भलाद्मीहरु वर र पिपलको चौतारीमा वसी पिडक र पीडितलाई तामाको पैसा समाउन लगाई अधर्म गरेको भए सात पुस्ता नष्ट होस् भनेर भाकल गर्न लगाई देवी देवताको नाउँमा कसम ख्वाउँथे र गल्ती गर्ने मानिस त्यसै नतमष्तक बनि आफ्नो गल्ती स्वीकार गर्दथे अनि सजाए माना पाथी चामल भर्न लगाई माफी माग्न लगाइन्थ्यो र आगामी दिनहरुमा इमान र जमानको नैतिक गोरेटोमा हिड्न वाध्य हुन्थे पहिलेका मानिसहरु ।

तत्कालिन समयमा वर र पिपलको चौतारीमा वसेर दिलाइएका न्याय र गरिएका वकालतहरु नै आज हरेक तहका अदालतका ढड्डाहरुमा लिखित नजीरकारुपमा स्थापित भएका छन् र प्रत्येक वकिल तथा श्रीमानहरुले त्यहि धार्मिक मान्यतालाई आधार वनाई पीडित र पिडक छुट्याई न्याय दिलाउनुपर्नेमा यस्तो परिपाटीलाई त्यागि सवै नभनैौं केहि न्यायमूर्तिहरुले न्यायको वास्तविक सिद्धान्त ”सयौं अपराधिहरु छुटुन तर एक अपराधी नउम्कियोस्” लाई अंगीकार नगरी पैसा र पावरको रवाफमा इमान्दारीता र नैतिकताको धरातललाई चटक्कै विर्सिएर पापको भारी आफैमा मात्र सीमित नराखी सातौ पुस्तासमेतलाई वोकाउनु यो कत्तिको न्यायोचित हो त ?

आज कति उदाहरणहरु छन् कि हजुरवुवाको पालामा चलेको मुद्या नातीको पालामासमेत फर्छयौट भएका छैनन् अनि कतिपय मुद्या मामिलाहरु यस्ता छन् कि छिमेकी या कुनै संघ संस्था, विद्यालयका पदाधिकारीहरु एक आपसमा झगडा र व्यापारीक प्रतिष्प्रधा गरेकै भरमा प्रहरीमा अनाहकमा झुटो किटानी जाहेरी दिन लगाई निर्दोष व्यक्तिहरु फाँसी राखेका छन् तर त्यसको सहि सत्य तथ्य पत्ता लगाउनु त कता हो कता सरकारी वकिलले प्रहरीको मुचुल्कालाई आधार मानि पैसा नोट र पावर भोटको आधारमा निर्दोष व्यक्तिलाई फँसाउने प्रयत्नहरु कयौं भइराखेका उदाहरण म आफैले स्वयंम भोगेको कुरा हो ।

त्यसैले त यस्ता मुद्या कयौं वर्षसम्म खेपेका मानिसहरुले भन्छन् नि ”नेपालको कानुन आफै आफै जानून् ।” त्यसैले देसमा जतिपनि हत्या, हिँसा, चोरी, ठगी, वलात्कारका मुद्याहरु पहिला किटानी जाहेरीकारुपमा प्रहरीसमक्ष जान्छ र प्रहरीले सत्य तथ्य खोजि गरी दोषीको पहिचान गर्नको लागि निश्पक्षरुपमा छानविन गरेको पाँइदैन किनकी उनीहरुमा कि राजनैतिक प्रभाव परेको हुन्छ कि कमिसनको खेलमा रमाएका हुन्छन् जसले गर्दा दोषी निर्दोष सावित हुन्छ अनि निर्दोष व्यक्ति दोषी । यसरी त्यस्ता प्रकृतिका मुचुल्काहरु अन्तमा सरकारी वकिलको कार्यालयमा जान्छ र सरकारी वकिलको कार्यालयले पनि खासै चासो नदिई प्रहरीकै मुचुल्कामा नै टिप्पणी उठाएर सिधै श्रीमानकोमा लगेपछि निर्दोष व्यक्ति फँस्नको लागि के को आइतवार ? यसपश्चात् श्रीमानको नैतिकता र इमान्दारीतामा निर्दोष व्यक्तिको भविश्य अल्झेको हुन्छ र त्यहाँ चलखेल हुन्छ लिटो र विटोको । यो धुर्व सत्य हो कि जसले विटो दियो उसको जतिसुकै अपराध भएतापनि न्याय उसैका पक्षमा हुन्छ र वास्तविक पीडित व्यक्ति भने कारागारको मसान घाटमा लामखुट्टे र उपियाँसँग छट्पटिइरहेको हुन्छ अनि भन्नुहोस् कसरी लागू हुन्छ त यहाँ वास्तविक न्यायको सिद्धान्त ? अनि एउटा पीडित व्यक्तिले जीन्दगीभर सरापेर वस्दैन त ती इमान र जमान हराएका न्यायमूर्तीहरुलाई ?

प्रतिक्रिया दिनुहोस