- सागर थापा
श्रावन ०३,नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले राजश्व छली हुन नदिनअत्यन्तै कडा गरेपछि सामान तस्करहरुको भागाभाग भएको छ ।
श्री सशस्त्र प्रहरी बल ४० गुल्म हे.क्वा राजस्व तथा भन्सार सुरुक्षा प्रमुख सशस्त्र प्रहरीका नायव उपरिक्षक निरंकार नाथ शुक्लाले तस्करी गरेर सामान ल्याउनेहरुलाई निगरानीमा राखेपछी तस्करी कम भएको छ ।
पहिले खुलेआम सामान ल्याउने प्रवृति थियो भने हाल त्यस्ता तस्करहरुको सामान जफत गर्दै आएपछि तस्करी न्यून भएको छ ।त्यस्तै लाखौं रुपैयाका सामान सशस्त्र प्रहरीले पक्राउ गरि बाँके भन्सार कार्यालयमा बुझाएका छ।
नेपालगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरिक्षक निरंकार नाथ शुक्ला आएपछि रणनीति तथा कर्यनिती बनाएर तस्करी नियन्त्रण गर्न सफल भएका छन ।