• २०८१ चैत्र ३ गते सोमवार

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे अगंदानको घोषणा

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दम्पतीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजित कार्यक्रममा अंगदानको घोषणा गरेका छन् ।

मन्त्री ज्ञवालीले भने, ‘हामी राजनीतिककर्मी देश र जनताका लागि सधै काम गरिरहेका हुन्छौं । मृत्युपछि पनि आफ्नो शरीरको अंगलाई नजलाएर कसैको सेवाका लागि दिन चाहेको छु ।’ शरीरको अंगदान दिनु भनेको सेवाभाव मात्र भएको उनले बताए । मन्त्री ज्ञवालीसँगै उनकी पत्नी सरस्वती ज्ञवालीले पनि मृत्यु पश्चात अंगदान दिने घोषणा गरेकी छन् ।

प्रत्यारोपण केन्द्रमा अंगदाताले सहमति जनाएपश्चात मृत्युपछि मुटु, कलेजो, फोक्सो, किड्नीजस्ता अंग दान दिन मिल्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस