साउन ३, दाङ । दाङको राप्ती गाउँपालिका २ घर भएका वसन्त कुमाल र श्रीमती सिता कुमालबीच आजभन्दा ८ वर्षअघि विवाह भएको थियो । उनीहरुका ६ र ७ बर्षकी दुई छोरी रहेको प्रहरी निरीक्षक घमले बताए । उनका ससुराको एक बर्षअघि मृत्यु भएको थियो । पति वियोगको पीडामा रहेकी सासुलाई उनले त्यसदिन राती ११ बजेर ४० मिनेट जाँदा घरमा कोही नभएको मौका छोपेर हत्या गरेको प्रहरीको भनाई छ ।
उनकी श्रीमती घरमा छोरीहरु छाडेर दाजु राजु कुमाल र भाई दिलबहादु्र कुमालसँग मजदुरी गर्न अन्यत्रै गएकी थिइन् । निजलाई पक्राउ गरि अदालतबाट १० दिन म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जानकारी दियो । अर्घाखाँचीमा गत बर्ष पनि छोरीलाई अर्कैै पुरुषसँग विवाह गराइदिन आँटेकी सासु, उनकी छोरी र हुनेवाला ज्वाई मिलेर एक पुरुषको हत्या गरि बोरामा बाँधेर झाडीमा फालेका थिए ।