साउन ३, बाजुरा । बाजुराको पिलुचौर बाट कालिकोट जाँदै गरेको जिप जगन्नाथ गाउँपालिका ५ भुकाखोलामा दुर्घटना भएको छ ।
विहान पिलुचौरबाट कालिकोटको लालीघाट तर्फ जाँदै गरेको क १ ज २१ नम्बर बलेरो पिक अफ जीप बाजुराको जगन्नाथ गाउपालिका वडा ५ को भुकाँ खोला नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेमा मुगु जिल्ला घर भएका २५ वर्षिय राम बहादुर शाही र कालिकोट घर भएका जिप चालक २७ वर्षिय रमेश बागटी रहेका छन ।
जीप दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा गम्भीर भएकाहरुलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज लैजान पहल भइरहेको छ । सामान्य घाइतेहरुको कोल्टी प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा उपचार भैरहेको छ ।