साउन ३, रुपन्देही । बुटवल– ‘विवाह भएको केहि बर्षपछि सासुले आफ्नी छोरी अर्थात मेरी श्रीमतीलाई माइती मै राखेर आर्जन खाने, घर नपठाउने गर्नुभयो । म भेटन आउँदा पनि उनको नजिक पर्न दिनुभएन । त्यही रिसले मैले सासुको हत्या गरेको हुँ’, हत्या अभियोगीले यस्तो वयान दिएको जिल्ला प्रहरी कार्यालयमा निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक खिमबहादुर घमले बताए ।
असार ३० गते राती अर्घाखाँचीको सितगंगा नगरपालिका–८ सातामारा धानखोलामा झुण्डिएको अवस्थामा ४७ वर्षीया इन्द्र कुमालको झुण्डिएको अवस्थमा शव फेला परेको थियो । सुरुमा त ह्याङ्गीङ केश भनियो । पछि अनुसन्धानका क्रममा उनको आफ्नै ज्वाँई २९ वर्षीय वसन्त घर्तीले हत्या गरेको खुल्यो प्रहरी निरीक्षक घमले भने, ‘डोरीले घाँटी कसेर हत्या गरेको साविकी वयानमा स्वीकार गरिसकेको छ ।’