• २०८१ माघ ९ गते बुधवार

घुस लिएको आरोपमा इञ्जिनीयर पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, सर्लाही । घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस