मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाटभने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । फलामा तथा फलामसँग सम्बन्धित काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।