असार ४, बाँके । नेपालगंज उपमहानगरपालिका-२२ बाबाकुटीबाट जाजरकोट त्रिवेणी नलगाड नगरपालिका-९ घर भएका ५० वर्षीय पृथ्वी बहादुर बिक र २५ वर्षीय बीर बहादुर बिकलाई अवैध लागूऔषध जस्तो देखिने वस्तु करिब १८ किलो ५ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंजबाट कम्दीतर्फ जादै गरेको भे.१ ह १३९५ नम्बरको अटोरिक्सालाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।