असार ४, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले फुसको छानो अन्त्यका लागि जस्तापाता हस्तान्तरण कार्यक्रमलाई अगाडि बढाएको छ । हालसम्म सुनिलस्मृति गाउँपालिका वडा नम्वर १, २, ४ र ६ वडामा जस्तापाता हस्तान्तरण गरिसकेको छ भने वडा नम्वर ३, ५, ७ र ८ वडामा चाडैनै वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष घर्तीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो अब कुनै पनि जनताहरु घर ओताउन नपाएर दुःख मान्नुपर्ने अवस्था छैन । सुरक्षित आवस नहुँदाको पिडा कस्तो हुन्छ भन्ने कुरा मलाई राम्रो सँग थाहा छ । म १२ वर्षको हुँदा वुवासँग सुतिरहेको वेला घरमा आगो लागि मेरो वाउ बाजेले जोडि राखेको सम्पति आगो झिल्कोको कारण यकैछिनमा नष्ट भयो । त्यो वेला मेरो वुवाको पिडालाई देख्दा र हिजो जनयुद्धको क्रममा म तपाईहरुको घर घरमा पुग्दा तपाईहरुको सुरक्षित आवस नहुदा बर्षातको पानीले घरै पहिरो जाने र हिउदमा आगोलागि हुने कैयौँ घटनाहरु मेरै अगाडि घटेको हुँदा यो कार्यक्रमलाई मैले प्राथमिकता राखि अगाडि बढाएको हुँ अध्यक्ष घर्तीले भन्नुभयो ।
जस्तापाता वितरण गर्दै अध्यक्ष घर्तीले भन्नुभयो हाम्रो गाउँपालिकामा २१५० घरधुरी फुसको छानो रहेकोमा गत वर्ष २०० घर र अहिले कम्तिमा ४०० घर छुवाउछौ भने द्धन्द पिडित परिवारका घर समृद्धि रोल्पा फाउन्डेसन मार्फत उर्जा जलश्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनले छुवाइ सक्नु भएको छ । अव बाँकि रहका घरधुरीहरु हाम्रै कार्यकालमा सम्पन्न गर्ने लक्ष्य लिएको छु । तपाईहरुलाई लाग्न सक्छ हामिले अव जस्तापाता पाउदैनौ कि भन्ने गुनासो कसैले पनि नराख्न आग्रह गर्दछु मेरै कार्यकालमा तपाईहरुको सुरक्षित आवास बनाउने जिम्मा मैले लिएको छु तपाईहरु ढुक्क भएर वस्न समेत अध्यक्ष घर्तीले आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घर्तीले भन्नुभयो, यो हाम्रो कार्यक्रमले ठूलै चर्चा पायो अन्य स्थानीय तहहरुले पनी आफ्नो कार्यक्रम बनाउनु भएको छ अझै कुरा गर्ने हो भने यो कार्यक्रम अहिले राष्ट्रिय कार्यक्रम बनेको छ यस्ले गर्दा मलाई अझै उर्जा मिलेको छ । हिजो तपाईहरुले मलाई भोट दिएर जिताएर पठाउनुभयो, अव म तपाईहरुको सकारात्मक सुझावको समेत अपेक्षा गरेको छु जुन मलाई सुनिलस्मृति गाउँपालिका संमृद्ध बनाउनमा सहयोग मिल्ने छ र तपाईहरुले पनि आ–आफ्नो क्षेत्रबाट लाग्नुहुनेछ भन्ने मलाई लागेको छ अध्यक्ष घर्तीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष वागमती क्षेत्रीनी ज्यूको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम सम्बन्धीत वडा अध्यक्षहरुको अध्यक्षता तथा वडा सचिवहरुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।