• २०८२ बैशाख ६ गते शनिवार

अख्तियारमा दाङका २६ उजुरी

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, तुलसीपुर । अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा दाङका स्थानीय तहका २६ वटा उजुरी दर्ता भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जमा चालुआर्थिक बर्षमा दाङका २६ वटा उजुरी परेका हुन् । जसमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकाका उजुरी परेका छन् ।

अख्तियार नेपालगंजका सूचना अधिकरी कृष्णप्रसाद पौडेलका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका आठवटा उजुरी परेका छन ।

त्यस्तै घोराही उपमहानगरपालिका तीन, लमही नगरपालिका पाँच, बङ्गलाचुली गाउँपालिका एक, राजपुर गाउँपालिका तीन, राप्ती गाउँपालिका एक, शान्तिनगर गाउँपालिका चार र बबई गाउँपालिका तीन वटा उजुरी अख्तियारमा परेका हुन् ।

विकास निर्माणसंगै स्वास्थ्य र शिक्षाको जिम्मेवारीको बिषयमा बढि उजुरी परेका छन् । दाङमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मातहतका कार्यालयहरुको उजुरी चार वटा रहेका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका एउटा रहेका छन् ।

अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारवाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ ।

भ्रष्टाचारको गुनासोपछि अख्तियारले ‘स्टिङ अपरेशन’ मार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्ने गरेको छ । चालू आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा दाङ, बाँके र बर्दियाका ३३८ वटा उजुरी परेका छन् । जसमा बाँकेका ७० र बर्दियाका २० उजुरी परेका छन् ।

प्रतिक्रिया दिनुहोस