• २०८१ चैत्र २ गते आइतवार

पूर्व प्रहरी नायव निरीक्षकको शैक्षिक प्रमाणपत्र नक्कली

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शाल विशेष व्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्री के.सी् लाई अख्तियारले आज आरोप पत्र दायर गरेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्साल विशेष व्यूरोमा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीले भारतीय नक्कली प्रमाणपत्र पेश गरी सरकारी नोकरीमा प्रवेश गरी बढुवा समेत भएका थिए ।

उनको प्रमाणपत्र छानविन गरी कारवाही गरीपाँउ भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी नायव निरीक्षक सरोज क्षेत्री के.सी.ले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइ.कम. पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको हो ।

उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस