• २०८२ बैशाख १७ गते बुधवार

सिंगापुर पानीजहाजमा काम लगाइदिने भन्दै ठग्ने पक्राउ तीन सयजनासँग छ करोड ठगे

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं । सिंगापुरमा पानीजहाजको काममा लगाइदिने भन्दै करोडौं ठगी गर्ने एकजनालाई महानगरीय अपराध महाशाखाको टोलीले मकवानपुरबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट गणेशस्थानका प्रवीन पौडेल छन् ।

काठमाडौंको विशालनगर स्थित ‘द एपेरिङ्क फर्म’ ट्रेनिङ सेन्टर खोलेर तीन सय जनाक्तिबाट ६ करोड भन्दा बढी रकम ठगी गरेको पाइएको छ अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताउनु भयो ।

पौडेलले सिंगापुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको अनुसन्धानबाट खुलेको छ । पौडेलले सिंगापुरमा पाँच लाख नेपाली तलब हुने भन्दै ठगेको पाइएको एसएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस