• २०८० मङ्सिर १५ गते शुक्रवार

बाँकेमा १८ किलो अफिमसहित पाँचजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ठूलो मात्रामा अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

बुधबार ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागु औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र विश्वकर्मा, शर्मिला मगर, वीरबहादुर नेपाल, पृथ्वीबहादुर विश्वकर्मा र अम्मरबहादुर दराईलाई अफिमसहित पक्राउ गरेको छ ।

पहाडी जिल्लामा उत्पादन हुने अफिमको बजार नेपालगञ्ज र नेपालगञ्ज हुँदै भारतीय शहर नै हुने गरेको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बेलुकी पाँच पत्रकार सम्मेलन गरेर घटनाबारे थप विवरण सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस