असार ४ काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पुजा राना डेब्यु गर्दैं ।
विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा पुजाले राष्ट्रिय टिमबाट डेब्यु गर्ने अवसर प्राप्त गरिन् ।
पुजाले उमेर समूहमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा स्थान बनाएकी हुन् ।
साफमा उनी बंगलादेशविरुद्वको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै १९ बर्षको उमेरमै डेब्यु गरेकी हुन् ।लगत्तै उनी म्यानमारमा भएको ओलम्पिक छनोटको सिनियर टिमबाट दोस्रो चरणमा सहभागी भएकी थिईन् ।
म्यानमारमै भएको यु–१८, यु–१९ टिमबाट एएफसी च्याम्पियनसिप प्रतियोगिता खेलिन् ।उनले जति प्रतियोगिता खेलिन्, उनको भुमिका डिफेन्डरकै रह्यो ।
तर यस पटक काठमाडौँमा भएको पहिलो उपमेयर कप अन्तर नगरपालिका कपमा भने पुजा स्ट्राईकरको भुमिकामा देखिईन् ।पश्चिम नेपालको बाँसगढी नगरपालिकाबाट उनी मैदान उत्रिएकी थिईन् ।
टिमको रुपमा बाँसगढी बलियो थिएन । अझ भनौ अगाडी खेल्ने खेलाडी थिएनन् । सिनियर टिम तथा यू–१९ टिमकी गोलकिपर अन्जना राना र पुजा टिमका महत्वपुर्ण खेलाडी भएर आएका छन् ।
टिमको गोलकिपिङ र रक्षापंक्ति त बलियो हुने भयो । तर अग्रपंक्तिमा समस्या देखियो ।त्यस अवस्थामा प्रशिक्षकले पुजालाई अग्रपंक्तिमा खेलाए । उनी सफल पनि भईन् । उनले आफ्नो भुमिकालाई न्याय गरिन् ।
पहिलो खेलमा २ गोल गरकी पुजाले दोस्रो खेलमा भने १० गोल गरिन् ।टिममा स्ट्राइकरको कमी थियो । गोल हान्ने कोही नभएपछि म अगाडीबाट खेलको हुँ ।’ पुजा भन्छिन् ।
पुजा अहिले विभागीय टिम आर्मीबाट करारमा खेल्दै आएकी छिन् । तर आर्मीले प्रतियोगितामा सहभागीता जनाउन नपाउने भएपछि उनी बाँसगढीको जर्सीमा मैदान उत्रिएकी हुन् ।
‘आर्मीमा पनि मिडफिल्डरमा खेलीरहेको हुन्थे । तर स्ट्राइकरमा खेल्न पाएको थिईन् । यसपटक पहिलो पटक खेले । गोल पनि गरे ।’ पुजाले खेलपाटीलाई सुनाईन् ।अन्तर नगरपालिका उपमेयर कपको पहिलो खेलमा बाँसगढीले तुल्सीपुर नगरपालिकासँग २–२ को बराबरी खेलेको थियो । खेलमा सुरुवाती गोल गरेकी पुजाले दोस्रो हाफमा गोल थप्दै टिमलाई हारबाट जोगाएकी थिईन् ।
दोस्रो खेलमा पुजाको टिम बाँसगढी शम्भुनाथ नगरपालिकासँग प्रतिस्पर्धामा उत्रिएको थियो । सो खेलमा बाँसगढी १९–० ले विजयी भयो । पुजा एक्लैले १० गोल गरिन् । दोस्रो हाफमा पाएको एक पेनाल्टी गोलरक्षक अन्जनाले प्रहार गरिन्
एन्फाको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिमले खेल्न पाएनन् । तर एक टिमले विभागका ५ जनासम्म खेलाडी राख्न पाउने प्रावधान छ ।प्रतियोगिताको अघिल्लो दिनसम्म विभागले खेलाडी छोड्न मानेको थिएन तर अन्तिम समयमा उसले करारका खेलाडीलाई खेल्न दियो ।
सिनियर खेलाडीले खेल्न नपाउँदा युथ टिमका खेलाडीले आफुलाई प्रमाणित गर्ने अवसर पाए ।साथै आफ्नो पोजिसन पनि परिवर्तिन गरेर आफुलाई प्रमाणित गरे ।
यस बिषयमा पुजा समेत सहमत छिन् । ‘सिनियर दिदी सबै खेलेको भए अवसर हुदैन थियो होला । त्यसैले पनि पोजिसन परिवर्तन गरेर खेल्न पायौ ।’ उनले भनिन् ।
समूह ए मा रहेको बाँसगढीले अन्तिम खेलमा भने वालिङ्ग नगरपालिकासँग गोलरहित बराबरी खेल्यो । पुजाले यस खेलमा भने गोल गर्न पाईनन् ।
विपक्षी टिम मजबुद हुँदा उनले रक्षापङ्तीको भुमिका निभाउन पर्ने भो । बराबरीका बाबजुद गोल अन्तरका आधारमा बाँसगढी प्रतियोगिताबाट बाहिरिन पुग्यो