• २०८० मङ्सिर २५ गते सोमवार

विधेयक फिर्ता लिने प्रक्रिया मिलेन : देउवा

पढ्न लाग्ने समय : २ मिनेट

असार ४, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताएका हुन् ।

उनले सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई त्यो स्वीकार्य नहुने चेतावनी दिए । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगाए । उनले भने, “प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री हुनैपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् ।”

उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याइँ गरेको आरोप लगाए । उनले भने, “हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो । यहाँ चाहिँ उल्टो भएको छ । संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । संसारभरि नै जवाफ दिने हो प्रधानमन्त्रीले । बोल्न विपक्षीले हो । तर यहाँ ठिक उल्टा । जवरस्ती गर्नु उपयुक्त हुन्छ रु सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने रु यस्तो डेमोक्रेसी हुन्छ रु बल मिच्याइँ चल्दैन यो । हामी कुनै हालतमा मान्नेवाला छैनौ ?

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउँदै उनले आफूहरुले बोल्नका लागि मात्रै समय मागरेको बताए । उनले भने, “शेरबहादुरले माग्यो मैले दिनुपर्ने भन्ने । मैले माग्दैमा डराइहाल्नुपर्ने रु मैले त अरु पनि मागेको छु ।”

उनले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ति जनाए । उनले भने, “संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ ? कहाँको संसदीय परम्परा हो ? संसदबाट फिर्ता लिनुपर्छ ।”

उनले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस