४ असार सर्लाही । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् ।
हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन् । घाइते पासमानको पाखुरा, दाहिने, हात छातीमा गम्भीर चोट लागेको छ ।