• २०७९ साउन ३१ गते मङ्गलवार

हत्या अभियोगका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, पाल्पा । युवकको हत्या गरेर फरार रहेका तानसेन नगरपालिका–१२ लुहुङका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराई करिब १२ वर्षपछि पक्राउ परेका छन्।

भट्टराईलाई २०६४ भदौ २ मा पाल्पाको साविक दोभान गाविस ५ कदमबासस्थित खोलामा स्याङजाको साविक जगत्रदेवी गाविस–२ का २४ वर्षीय राजु न्यौपानेको हत्या गरेको आरोप थियो। जिल्ला अदालत पाल्पाले २०६५ साउन ४ मा भट्टराईलाई घटनाको मुख्य दोषी ठहर गरी १९ वर्ष १९ दिन कैद सजायको फैसला गरेको थियो। भारतमा लुकिछिपी बस्दै आएका भट्टराईलाई घरमा आएको समयमा मंगलबार राति बुटवलबाट पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार प्रेमिकाको विषयलाई लिएर विवाद भएपछि अभियुक्त भट्टराईले राजु न्यौपानेको हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस