• २०८१ चैत्र ३ गते सोमवार

बोलिभिया माथि पेरुको सहज जित

पढ्न लाग्ने समय : १ मिनेट

असार ४, एजेन्सी । कोपा अमेरिका फुटबलका मंगलबार राति भएको खेलमा पेरुले बोलिभियालाई ३–१ गोल अन्तरले हराएको हो ।

पेनाल्टीमा मार्सेलो मोरेनोले गोल गर्दै बोलिभियालाई सुरुवाती अग्रता दिलाएका थिए भने जोसे पाओलो गुरेरोले पहिलो हाफको अन्तिम मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५५ औ मिनेटमा जेफरसन फार्फनले र ईडिसन फ्लोरिसले खेलको अन्तिम मिनेटमा गोल गर्दै पेरुको जित सुनिश्चित गरे ।

समुह एको खेलमा जित निकाल्दै पेरु दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस