- महेन्द्र सिंह, बाँके
असार ४, बाँके । बाँकेको नेपालगन्ज सुर्खेत रोडमा मंगलबार मारिएको छाडा पशुचौपाया नउठाउदा उक्त क्षेत्र दुर्घन्धित हुनुका साथै ट्राफिक जाम भएको छ । बिहान ८ बजे मारिएको चौपाया दिउसो १ बजेसम्मा नउठाउदा उक्त सडक दुर्घन्धित भएको हो ।
नेपालगन्जको ब्यस्त सडकमा मारिएका छाडा पशुचौपाय समयमै नउठाउदा दुर्घन्ध बढेको बाटो हिड्ने बटुवाले बताएका छन । गर्मिका कारण ७ घण्टा बितिसक्दा पनि बिच सडकमा मारिएका पशुचौपाया नउठाउदा दुर्घन्ध बढेको हो ।त्यसै त असुरक्षित र अव्यावस्थित छ नेपालगन्जको सडक, त्यही माथि सडकमा छोडिएका छाडा चौपायहरुका कारण थप असुरक्षित बन्दै गइरहेको छ ।छाडा चौपाया दुर्घटनाको मुख्य कारण बन्ने गरेका छन । नेपालगन्जको मुख्यसडकमा गाडिले किचेर मारेको चौपाया दिउसो १ बजेसम्म उठाइएको छैन ।
पछिल्लो समय नेपालगन्जका सडकहरुको अवस्था निकै नाजुक छ । त्यही माथि मापदण्ड विपरित नेपालगन्जका सडकमा अनियन्त्रित पशु चौपाया छाडिदा सडक अव्यवस्थित मात्र भएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।