• २०७९ भाद्र ३ गते शुक्रवार

‘रुख रोपौँ वन जोगाउँ’को नारा नारामै सिमित

पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, दैलेख । डिभिजन वन कार्यालय दैलेखका सहायक वन अधिकृत शँकर पुरि सहितको टोलीले आईतबार सामुदायिक वनको स्थलगत अनुगमन गरेका छन ।

स्थलगत अभ्यास कार्यक्रममा सहभागी सबै ।

टोलीले जिल्लाको ठाटीकाँध गाउँपालिका–१ मा रहेका जिउँनी दुदेपानि र सिम्ले मालुकोट सामुदायिक वनको अनुगमन गरेको हो । अधिकृत पुरीले‘हरियो वन नेपालको धन ’भन्ने नारालाई आत्मसाथ गर्दै वनको रक्षाका लागि उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । उनले,वनजँगलमा भएका बोटविरुवालाई के–कसरि काँटछाट गर्ने भन्ने बिषयमा छलफल र जगलमै गएर उपभोक्ता समिति र उपभोक्ताहरुलाई काँट्छाट गर्ने तरिका समेत सिकाएका छन् । पुरीले वन सम्बन्धी विभिन्न पक्षमा निर्देशन दिँदै उपभोक्ता समितिलाई डिभिजन कार्यालयको नियम अनुसार सहि रुपमा काम गर्न समेत आग्रह गरेका छन् । जिल्लाका अधिकाँश सामुदायिक वनको तुलनामा हेर्ने हो भने यहाँका सामुायिक वनको अबस्था नाजुक छ, वन अधिकृत पुरीले भने । स्थापना भएको ७/८ बर्ष देखिनैै “रुख रोपौँ वन जोगाउँ” भन्ने नारा बोकेका यी दुई सामुदायिक वनले हालसम्म कुनै फराकिलो वातावरण शिर्जन गर्न सकेको छैनन् ।

काँटछाट गर्न सिकाउँदै अधिकृत पुरी ।

जिउनी दुदेपानी वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम रावतले वन जोगाउँन विभिन्न प्रयास गरेको तर यहाँ पहुँचवाला र तेरो मेरो भन्नेले गर्दा वनले स्थान लिन नसकेको बताए । उनले भने, यहाँको वनमा काठ चोरी पैठारीले गर्दा समस्या दिएको छ ।यी सामुदायिक वनमा अहिले सल्ला बाहेक अरु कुनै काठ पाउँन मुस्किल हुन्छ । यहाँका मान्छेले घरहरु निर्माण गर्नको लागि अहिले काठ खोज्दा समेत नपाउने अबस्था श्रृर्जना भएको छ । वनमा रुखहरु काट्ने तर, विरुवा नरोप्ने गर्दा वन मासिँदै गएको छ । वन फडानि जताततै भईरहेको छ ,मनोमानी ढँगबाट ठुलाबडाको राजले वन धरासयीमा देखिन्छ । स्थानीय सरकारले भने वनवारे चासो नदिएको वन उपभोक्ता समितिले जनाएको छ । पुर्वीय भागमा रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिका र पश्चिममा पर्नै आठबीस नगरपालिकाले समेत उक्त वनमा घाँस ,दाउरा र काठहरु मास्ने गरेको पाईन्छ ।

वनमा हाल चारवटा चौकीदारहरु राखिएको छ , व्यबस्थापन पक्ष फितलो भैदिँदा चौकीदारले पनि वनमा राम्रो सँग काम नगरेको पाईन्छ । वनको भावि योजनालाई सबै एक्यवद्ध भएर लाग्ने कार्यक्रममा सहभागी उपभोक्ताले बताएका थिए । वनले व्यबस्थापन पक्षलाई व्यबस्थित बनाई अग्र स्थान लिन सके वनले आर्थिक उन्नतीमा ठुलो भुुमिका हात पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस