• २०७९ साउन २६ गते बिहिवार

बैतडीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, तीन घाइते

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, बैतडी । देउताल मन्दिरमा यात्रु बोकेर गइरहेको ग १ च ४९२१ नम्बरको जिप बैतडीको दशरथचन्द नगररपालिका–११, नानीगाँडमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा दशरथचन्द नगररपालिका–१० वाराकोट बस्ने वर्ष ४५ को हीरावल्लभ भट्ट, अन्दाजी ६५ वर्षीया नरुली भट्ट रहेका छन् भने अर्का एक जनाको भने सनाखत हुन सकेको छैन।दुर्घटनामा जिपका चालक नवीन भट्ट, प्रकाश भट्ट र राहुल भट्ट गम्भीर घाइते बनेका छन्। जिप सडकबाट डेस सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस