जेठ ५, बीबीसी । अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ। मेरीलन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो।
सो ड्रोनले अंगदाता रहेको अस्पताल भन्दा पाँच किलोमिटर परको अस्पतालमा प्रत्यारोपणका लागि भर्ना भएकी बिरामी ट्रिना ग्लिस्पी लागि मिर्गौला बोकेर उडेको थियो । ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग सुरक्षित रुपमा यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानसम्म पुरयाउन विशेष प्रणाली जडान गरिएको थियो ।
यो ड्रोनको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको चिकित्सकहरुले बताएका छन् । तीन बर्ष लगाएर मेरील्लण्ड विश्वविद्यालयले यो ड्रोन बनाएको हो ।