• २०८२ बैशाख १६ गते मङ्गलवार

भीरबाट लडेर एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५,उदयपुर ।  कटारी नगरपालिका १० थुम्की भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी  कार्यालय उदयपुरले जानकारी दिएको छ ।

प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेर उहाँको ज्यान गएको हो ।

भीरबाट लडेर ज्यान गएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणको लागि कटारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस