• २०७९ साउन २७ गते शुक्रवार

स्थान परिचय : खजुरा गाउपालिका बाकें

पढ्न लाग्ने समय : २ मिनेट

जेठ ५, काठमाडौं । नेपाल संघिय पुर्न संरचना भएपछि सात प्रदेश मध्ये प्रदेश नंं ५ मा रहेका १२ जिल्लाहरु मध्य बाँके जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाँउपालिका रहेका छन् । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित खजुरा पनि एक व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रचिलित ठाउँ हो ।

खजुरा शहर को नामबाट परिचित भई २०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिकाको रुपमा स्थापित भएको हो । यस गाउँपालिकामा साबिकको बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाबिसहरु मिलि १०१.९१ वर्ग कि.मि मा फैलिएको छ । कृषि,पर्यटनको प्रचुल सम्भायता भएको यस गाउपालिकामा शैक्षिक विकासको क्षेत्रमा निक्कै फडको मारेको छ । यस खजुरा र नेपालकै प्रमुख कृषि नगदै बालीको रुपमा उब्जाउ गर्न सकिने कपास खेति र सो को लागि स्थापना भएको कपास विकास समिति यसै खजुरा गाउपालिकामा रहेको छ । यस्तै प्रदेश नं. ५ , ६ र ७ का जनतालाई लक्षित गरि स्थापन भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको पहिचान को रुपमा रहेको छ ।

विभिन्न ठाउँबाट आएका विभिन्न जात जाती, भाषा भाषी रहेको धार्मिक बिभिधता रहेको सहित धार्मिक सैहिष्णुता रहेको यस गाउँपालिकाको पुर्वमा जानकि गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा वैजनाथ गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना पर्दछ । पूर्व–पश्चिम जोड्ने राजमार्ग वागेश्वरीको विच भाग वाट गएको र गाउँपालिकाको कार्यालय वाट जिल्लाको सदरमुकाम ७ कि.मी को दुरीमा रहेको छ ।

यस गाउँपालिकामा जम्मा वडा ८ वटा रहेको छ र यस गाउँपालिकाको कुल क्षेत्रफल १०२ वर्ग किलोमिटर रहेको छ । खजुरा गाउँपालिकाको कुल जनसंख्या ५०९९० रहेको छ जस मध्य पुरुषको जनसंख्या २३५३० र महिला जनसंख्या २७४६० रहेको छ । यस गाउँपालिकाको मुख्य बजार खजुरा १ र खजुरा २ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस