• २०८० मङ्सिर १९ गते मङ्गलवार

ज्यान मार्ने, संगठित अपराध र किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, सर्लाही । खुनडाँका, संगठित अपराध र किर्ते मुद्दामा फरार रहेका सर्लाही लालबन्दी नगरपालिका २ बस्ने ४५ वर्षीय संजिव पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही, महोत्तरी, सिन्धुली, सिराहा र रुपन्देहीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही, ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । २०७४ असोज २४ गते सर्लाही हरिपुर नगरपालिका ९ स्थित कविलासी नगरपालिका २ बस्ने सुनिल साहलाई गोली हानी हत्या गरी ७ लाख ५९ हजार ३ सय ७५ रुपैयाँ बराबरको धनमाल डाँका गरेको मुद्दामा फरार रहेका पासवानको समुहले २०७५ मंसिर २० गते सर्लाही ईश्वरपुर नगरपालिका १३ स्थितबाट हरिपुर नगरपालिका ७ बस्ने धनेश्वर महतोको साथबाट नगद ९ लाख ९० हजार रुपैयाँ लुटपाट गरी फरार भएका थिए ।

यसैगरी सवारी चालक अनुमती पत्र किर्ते गरेको अभियोगमा फरार रहेका पासवान मोहत्तरीका विभिन्न स्थानबाट २४ लाख ४ हजार डाँका घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । साथै सिन्धुलीमा २ लाख ५७ हजार रुपैयाँ र सिराहामा ४ लाख ३१ हजार ९ सय रुपैयाँ डाँका भएको घटनामा समेत पासवान संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस