• २०८२ जेष्ठ ७ गते मङ्गलवार

निर्मला प्रकरणः तत्कालीन एसपी विष्ट अदालतमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट सोमबार जिल्ला अदालत कञ्चनपुुरमा निवेदन सहित हाजिर भएका छन् ।

विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए ।विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू सोमबार अदालतमा प्रमाणसहित हाजिर भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस