• २०७९ साउन २९ गते आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी लैजान लागेको सुन सहित पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय रुपैयाँ मूल्य बराबरको सुनको बाला ४ थान सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका-९ का संदिप पटेल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गमा अबैध रुपमा उक्त परिमाणको सुन संकलन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १७ लाख ४६ हजार ३ सय ९६ रुपैयाँ मूल्य बराबरको सुनको बाला ५ थान, मोबाइल ३ थान र ल्यापटप सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् । पक्राउ परेका ४ जनालाई उक्त सुन र सामान सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस