चैत ५, उदयपुर । उदयपुरमा उर्जा मन्त्रालयको जिपको ठक्करबाट एक बालक घाइते भएका छन । कटारी नगरपालिका २ स्थित कल्याणपुरमा बा.२ झ ९७६ नम्बरको स्कारपियो पिकअपले ठक्कर दिँदा ५ वर्षिय बालक गम्भिर घाइते भएका छन् ।
स्थानीयका अनुसार उक्त जिप तिव्रगतिमा आएकोले बालकलाई ठक्कर दिएको थियो । घाइते बालकको कटारी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि विराटनगर न्यूरो अस्पताल पठाएको प्रहरीले जानकारी दिए । यस्तै आक्रोसित स्थानीयले अहिले टायर बालेर चक्का जाम गरिरहेको छ । स्थानीयको बन्दले यातायात संचालन हुन सकेको छैन् । उक्त जिपमा चालक सहित तीन जना सबार रहेका थिए । स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यलय कटारीले नियन्त्रणमा रहेको छ ।
उर्जा मन्त्रालयका स्कारपियोको ठक्करबाट कल्याणपुरका स्थानीय बिनोद कुँवरको ५ बर्षीय छोरा किशन कुँवर घाइते भएका छन । बालकको दाहिने खुट्टाको तलको भागमा टायरले किचिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी धुर्व कुमार श्रेष्ठले जानकारी दिए । ऊर्जा मन्त्रालयको मौसम विभागको रहेको उक्त सवारी मिर्चैया देखि खोटाङ जाने क्रममा कल्याणपुरमा वालकलाई ठक्कर दिएका हुन् ।